बिहिवार, आश्विन १५ गते २०८३

आगामी निर्वाचनका लागि करिब ५८ करोड सहयोग गर्ने चीनको प्रस्ताव

सोमवार , फाल्गुण ४, २०८२

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आर्थिक सहयोग उपलब्ध गराउन चीनले इच्छा देखाएको छ ।

निर्वाचनको सहयोगार्थ चीनले करिब ५८ करोड रुपैयाँ उपलब्ध गराउने गरी प्रस्ताव गरेको अर्थ मन्त्रालय स्रोतले जानकारी दिएको हो । अर्थमन्त्री रामेश्वर खनालले पनि निर्वाचन सहयोगार्थ चीनबाट आर्थिक सहयोगको प्रस्ताव आएको स्वीकार गरेका छन् । तर प्रस्तावको विषयमा भने हालसम्म सम्झौता नभएको बताएका छन् । चुनावका लागि भारत, जापान र यूएनडीपीले भने सहयोग उपलब्ध गराइसकेका छन् ।

भारतले ६५० वटा सवारी साधन, जापानले ४० करोड रुपैयाँ र यूएनडीपीले निर्वाचन आयोगलाई सहयोग उपलब्ध गराएको छ । भारतले उपलब्ध गराउने ६५० सवारीमध्ये तीन चरणमा ३१० भन्दा बढी सवारी साधन उपलब्ध गराइसकेको छ । जापानले यसअघि नेपाललाई उपलब्ध गराएको सहयोगबाट खर्च हुन नसकेको रकम उपलब्ध गराएको हो ।

उक्त सहयोग रकम दुवै देशको सम्झौताको आधारमा टुंगोमा पुगिसकेको छ । यूएनडीपीले विगतमा पनि चुनावका लागि सहयोग गर्ने गरेको थियो । हालको सहयोग पनि त्यसको निरन्तरता भएको अर्थ मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार