काठमाडौँ । यही फेब्रुअरी १२ तारिख भएको चुनावबाट निर्वाचित सांसदहरूले आज पदको शपथ खाँदै छन्। यसपछि आजै नयाँ सरकारको शपथ पनि हुनेछ।
संसद् भवनको दक्षिण प्लाजामा नवनिर्वाचित सांसदहरूलाई शपथ ग्रहण गराउनेछन्। यसपछि आजै अपराह्न ४ बजे प्रधानमन्त्री र मन्त्रिपरिषद् सदस्यहरूको शपथ कार्यक्रम पनि हुनेछ।
चुनावमा दुईतिहाइभन्दा बढी सिट जितेको बंगलादेश नेसनालिस्ट पार्टी (बीएनपी) का अध्यक्ष तारिक रहमान प्रधानमन्त्री बन्दै छन्।
विद्यार्थी विद्रोहका कारण सन् २०२४ अगस्ट ५ का दिन तत्कालीन प्रधानमन्त्री शेख हसिना देश नै छाडेर भागेपछि मोहम्मद युनुसको नेतृत्वमा गठित अन्तिरम सरकारले चुनाव गराएको हो। अन्तरिम सरकारले १६ महिनापछि निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्दै छ।