आइपिओमा आवेदन नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू तथा तिनका तोकिएका शाखा कार्यालयमार्फत दिन सकिनेछ । साथै, लगानीकर्ताले ‘मेरो शेयर’ प्रणालीमार्फत अनलाइन आवेदन दिन सक्ने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार उक्त आइपिओ छिटोमा फागुन ११ गतेसम्म र ढिलोमा फागुन १९ गतेसम्म खुला रहनेछ । यस आइपिओको निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट २० करोड रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका २० लाख कित्ता साधारण शेयर निष्कासनका लागि अनुमति पाएको थियो ।
उक्त स्वीकृतिअनुसार कम्पनीले पहिलो चरणमा गत पुस २२ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक तथा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि आइपिओ जारी गरिसकेको छ ।