बिहिवार, आश्विन १५ गते २०८३

राप्रपाले भन्यो– दुर्गा प्रसाईंलाई अविलम्ब रिहा गरियोस्

मंगलवार , फाल्गुण ५, २०८२

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले दुर्गा प्रसाईंलाई अविलम्ब रिहा गर्न माग गरेको छ। राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले सामाजिक सञ्जालमार्फत यस्तो आग्रह गरेका हुन्।

‘रातको समयमा दुर्गा प्रसाईंलाई फेरि पक्राउ गरेर सरकारले आफ्नो अलोकतान्त्रिक चरित्र उदांगो पारेको छ’ उनले भनेका छन्, ‘सरकार देशलाई मुठभेडतर्फ धकेल्ने प्रपञ्च गर्दैछ। बिना कारण एउटै व्यक्तिमाथि प्रतिशोध साँधेर पटक–पटक पक्राउ गर्नुले सरकारको तानाशाही चरित्रको पुष्टि हुन्छ।’

प्रसाई सोमबार साँझ भक्तपुरस्थित निवासबाटै पक्राउ परेका थिए। त्यसपछि राप्रपाका प्रवक्ता श्रेष्ठले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रसार्इंलाई अविलम्ब र बिना शर्त रिहा गरियोस्।’

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार