बिहिवार, आश्विन १५ गते २०८३

९ सय रुपैयाँले घट्यो सुनको मूल्य, चाँदीको बढ्यो

मंगलवार , फाल्गुण ५, २०८२

काठमाडौं । हिजो घटेको सुनको मूल्य आज पनि थप घटेको छ । तोलामा नौसय रुपैयाँ घटेर सुनको भाउ आज ३ लाख १ हजार ९ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो तोलामा तीन हजार रुपैयाँ घटेको सुनको भाउ आज पनि घटेको हो । हिजो सुनको भाउ तोलाको तीन लाख दुई हजार आठसय रुपैयाँ थियो । गएको बिहीबार र शुक्रबार लगातार घटेको सुनको मूल्य आइतबार तोलामा २३ सय रुपैयाँ बढेको थियो ।

आज चाँदीको मूल्य भने सामान्य बढेको छ । प्रतितोला १५ रुपैयाँ बढेर चाँदीको मूल्य आज तोलाको चार हजार आठसय ८५ रुपैयाँ पुगेको महासंघले जनाएको छ । गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो ।

माघ १५ गते भने चाँदीको भाउ सात हजार ५०५ रुपैयाँ पुगेको थियो । चाँदीको यो मूल्य अहिलेसम्मकै उच्च हो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार