शनिवार, कार्तिक ८ गते २०८३

बाढीमा डुबेका काठमाडौं उपत्यकाका यी क्षेत्र! हेर्नुस फोटोमा

सोमवार , भाद्र २१, २०७८

काठमाडौं। गयराती परेको अबिरल बर्षाले काठमाडौं उपत्यका डुबानमा परेको छ। बाढीले काठमाडौंको खोला किनारका बस्ती नराम्रोसँग प्रभावित भएका छन् । बल्खुको तरकारी बजार पूरै डुबानमा परेको छ ।

गाडीहरु पनि बाढीमा फसेका छन् । बाग्मती, विष्णुमति, इच्छुमति, धोबीखोला, बल्खुखोला, मनोहरा खोला, सामाखुशीखोला लगायतका नदीहरुमा बाढी आएको छ ।

duban1_OOD6TyGd8d.jpg

गएराति टंकेश्वर, डल्लु, टेकु, तहाचल, वनस्पति चोक, नयाँ बसपार्क, परोपकार केन्द्र, माछापोखरी, गुह्येश्वरी, जोरपाटी र कालोपुललगायतका क्षेत्र डुबानमा परेको प्रहरीले जनाएको छ। डुबानबाट मानवीय र भौतिक क्षति भएको छैन ।

बाढिका कारण प्रभावित उपत्यकाका विभिन्न स्थानबाट प्रहरीले साढे दुई सय बढीको सकुशल उद्धार गरेको छ । उनीहरूको राति नै उद्धार गरिएको प्रहरीले जनाएको छ ।

duban2_k6umAJoVbU.jpg

करिब चार सय घर डुवानमा परेको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिए । राठौरका अनुसार उद्धार गरिएकामा काठमाडौंबाट दुई सय ३५ र ललितपुरबाट १५ जना रहेका छन् ।

Shankhamul-Park-Duban-1-1.jpg

duban.jpg

duban 4.jpg

duban 5.jpg

duban 3.jpg

duban 2.jpg

प्रतिक्रिया
सम्बन्धित समाचार