बिहिवार, आश्विन १५ गते २०८३

हामी देश र जनताको भविष्य उज्यालो पार्न आएका छौँ : कुलमान घिसिङ

मंगलवार , फाल्गुण ५, २०८२

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले देश र जनताको भविष्य उज्यालो पार्न आएको र यसमा जनताले साथ दिनुपर्ने बताएका छन् ।

भरतपुर महानगरपालिका–१० चौबिसकोठीमा आज आयोजित चुनावी सभामा उनले अब आममतदाताले काम गर्नेलाई चिन्नुपर्नेमा पनि जोड दिएका छन् । काम गर्ने र देशमा परिवर्तन गर्ने ध्येयसहित आफ्नो पार्टीको उदय भएको भन्दै अध्यक्ष घिसिङले आफ्नो अभियानमा साथ दिन आग्रह गरेका छन् ।

पार्टीका जिल्ला संयोजक समीर केसीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश संयोजक, चितवनका तीनवटै निर्वाचन क्षेत्रका उम्मेदवारलगायतको उपस्थिति रहेको थियो ।

उनले भने, ‘हामी देश र जनताको भविष्य उज्यालो पार्न आएका छौँ । यसमा जनताले साथ दिनुपर्‍यो ।’

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार