बिहिवार, आश्विन १५ गते २०८३

प्रधानमन्त्रीका आकांक्षीसँग सार्वजनिक बहस गर्न गगन थापा तयार

मंगलवार , फाल्गुण ५, २०८२

काठमाडौँ । नेपाली कांग्रेसका मधेस प्रदेश सभापति कृष्णप्रसाद यादवले प्रधानमन्त्रीका आकांक्षीहरूलाई पार्टी सभापति तथा प्रधानमन्त्रीका उम्मेदवार गगनकुमार थापासँग खुला संवाद गर्न चुनौती दिएका छन्।

मंगलबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो चुनौती दिएका हुन्। नेपाली कांग्रेस जस्तोसुकै राजनीतिक चुनौतीको सामना गर्न तयार रहेको उनको भनाइ छ।

उनले सबै दलका प्रधानमन्त्रीका उम्मेदवारहरुलाई सार्वजनिम बहस र संवादका लागि तयार हुन आग्रह पनि गरे। प्रदेशका मुख्यमन्त्री समेत रहेका यादवले मधेस प्रदेशको धनुषाबाट आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्ने पनि उल्लेख गरे। 

सबै नागरिकले मुलुक निर्माणको जिम्मेवारी बोध गर्दै कार्यक्रममा उपस्थित भई शीर्ष नेताहरूको सम्बोधन सुन्न सबैमा आग्रह गरे। 

उनले भने, ‘यदि कोहीले आफूलाई प्रधानमन्त्रीको उम्मेदवार ठानेको छ भने कांग्रेस सभापति गगनकुमार थापासँग संवाद गरोस्। नेपाली कांग्रेस जुनसुकै चुनौतीको सामना गर्न तयार छ।

खुला संवादका लागि हामी सबै प्रधानमन्त्रीका उम्मेदवारहरुलाई आह्वान पनि गर्न चाहान्छौँ। भोलि हामी यहीँबाट पार्टीको घोषणापत्र सार्वजनिक गर्न गइरहेका छौँ। सबैले आफूलाई मुलुक निर्माणको लागि जिम्मेवार ठानेर भोलिको आम सभामा उपस्थित हुनुहोस्।’ पार्टीले ‘भिजन १०’को थिममा प्रतिज्ञापत्रको नाम दिएर घोषणा पत्र तयार पारेको जनाएको छ। 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार