आइतवार, श्रावण २४ गते २०८३

अमेरिकी सेनाले गर्‍यो लागुऔषध बोकेको ३ डुङ्गामाथि आक्रमण, ११ जनाको मृत्यु

बुधवार , फाल्गुण ६, २०८२

एजेन्सी । अमेरिकी सेनाले पूर्वी प्रशान्त महासागर र क्यारेबियन क्षेत्रमा लागुऔषध तस्करीमा संलग्न रहेको आशङ्का गरिएको तीन डुङ्गामाथि हवाई हमला गर्दा ११ जनाको मृत्यु भएको छ । अमेरिकी दक्षिणी कमान्ड (साउदकम)ले सोमबार राति सो कारबाही गरेको हो । यसको जानकारी भने साउदकमले मंगलबार जानकारी दिएको थियो ।

सेनाको दाबीअनुसार, ती डुङ्गाहरू लागुऔषध तस्करीका परिचित मार्ग हुँदै सञ्चालन भइरहेका थिए । उनीहरूलाई सेनाले नार्को–आतंकवादी भनेको छ । दुईवटा डुङ्गा पूर्वी प्रशान्त क्षेत्रमा र एउटा क्यारेबियन समुद्रमा निशाना बनाइएको थियो । पहिलो र दोस्रो डुङ्गामा रहेका चार–चार तथा तेस्रो डुङ्गामा रहेका तीन जना मारिएका बताइएको छ । यस कारबाहीमा कुनै पनि अमेरिकी सैनिकलाई क्षति नभएको साउदकमले जनाएको छ ।

यो आक्रमण सन २०२५ सेप्टेम्बरदेखि सुरु भएको अमेरिकी अभियानको हिस्सा हो । पछिल्ला कारबाहीसँगै उक्त अभियानमा मृत्यु हुनेहरूको संख्या कम्तीमा १३५ भन्दा माथि पुगेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । केही अघिल्लो हमलामा पनि यस्तै प्रकारका साना डुङ्गाहरूलाई लक्षित गरिएको थियो ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार