बिहिवार, आश्विन १५ गते २०८३

नेपाली कांग्रेसको चुनावी प्रतिज्ञा पत्र सर्वसम्मत रूपमा पारित भयो

बुधवार , फाल्गुण ६, २०८२

काठमाडौं । नेपाली कांग्रेसको आसन्न निर्वाचनको प्रतिज्ञा पत्र सर्वसम्मत रूपमा पारित भएको छ ।

बुधबार बसेको पार्टीको केन्द्रीय कार्यसमितिको भर्चुअल बैठकले प्रतिज्ञा पत्र पारित गरेको कार्यबाहक सभापति मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन् । सभापति गगन थापाको नेतृत्वमा आज केन्द्रीय कार्यसमितिको भर्चुअल बैठक बसेको थियो ।

कांग्रेसले आजै मधेश प्रदेशको राजधानी जनकपुरमा प्रतिज्ञा पत्र सार्वजिनक गर्दैछ । त्यसअघि कांग्रेसले उक्त पत्र पार्टी बैठकबाट पारित गरेको हो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार