बिहिवार, आश्विन १५ गते २०८३

धनगढीमा रास्वपाले आयोजना गरेको चुनावी सभा सुरु

बुधवार , फाल्गुण ६, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुदूरपश्चिम प्रदेशमा आयोजना गरेको चुनावी सभा सुरु भएको छ । 

धनगढीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्न रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) सुदूरपश्चिममा छन् । धनगढीमा आयोजित चुनावी सभामा रास्वपाका सुदूरपश्चिमका उम्मेदवारले सम्बोधन गरिरहेका छन् । उम्मेदवारहरूलाई बोल्न ३ मिनेट समय दिइएको छ । 

त्यसपछि रास्वपा वरिष्ठ नेता शाह र सभापति लामिछानेले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । चुनावी सभाअघि दुवै जनाले संयुक्त तस्बिर सार्वजनिक गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार