बिहिवार, आश्विन १५ गते २०८३

सुदूरपश्चिमबाट रविले भने– यस पटक मत नबाढ्नुहोला, यो ऐतिहासिक अवसर हो

बुधवार , फाल्गुण ६, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले यस पटक सुदूरपश्चिमेलीलाई मत नबाढ्न आग्रह गरेका छन् ।

बुधबार धनगढीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले अब सबैका अलगअलग सटर बन्द गर्नुपर्ने बताएका छन् । पुराना दलको पछि नलाग्न आग्रह गर्दै लामिछानेले भने, ‘सटर बन्द हुन्छ । कि हाम्रो गर्नुस्, कि अरुको गर्नुस् ।’ उनले भारतमा रहेका सुदूरपश्चिमेलीलाई चुनावमा मतदानका लागि आउन आग्रह गरेका छन् ।

लामिछानेले भने, ‘यस पटक जनता जिताउने हो । हामी इतिहास बदल्ने सोच लिएर आएका छौँ । देशको राजनीतिक आकांक्षालाई केन्द्रमा राखेर आएका छौँ, यस पटक मत नबाढ्नुहोला । यो ऐतिहासिक अवसर हो ।’ उनले आफू ससाना समस्या होइन, देशकै समस्या समाधान गर्न आएको जिकिर गरेका छन् ।

लामिछानेले भने, ‘म खुद्रा खुद्रामा कुरा गर्न होइन, सबै समस्या पूरा गर्न आएको छु, सिंहदरबार जलायो भनेर भन्दै छन् । सिंहदरबार बनाउने हो । सिंहदरबार बनाउनेभन्दा पनि बदल्ने हो ।’ उनले सुदूरपश्चिमेलीलाई मत नबाढ्न आग्रह गरेका छन् ।

सबै समस्या समाधान गर्नुपर्ने भएकाले रास्वपालाई नै मत दिनुपर्ने बताएका छन् । ‘बेथिति र भ्रष्टाचार सबै फाल्ने कि आधि फाल्ने ? पूरै फाल्ने कि आधा फाल्ने ?’ लामिछानेले भने, ‘प्रत्यक्षमा पनि घण्टी, समानुपातिकमा पनि घण्टी ।’

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार