काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले मधेस कांग्रेसमय भएको र कांग्रेसबाहेक केही पनि नदेखिएको बताएका छन् ।
बुधबार जनकपुरधाममा आयोजित प्रतिज्ञा सभालाई सम्बोधन गर्दै यादवले थापाको उम्मेदवारी मधेसका लागि सम्मानको विषय भएको बताएका हुन् । कांग्रेस सभापति थापा काठमाडौं–४ छोडेर सर्लाही–४ बाट उम्मेदवार बनेका छन् । सभालाई सम्बोधन गर्दै यादवले भने, ‘नेपाली कांग्रेसका सभापति गगन थापाले सर्लाही–४ बाट उम्मेदवारी दिएर समग्र मधेसलाई सम्मानित बनाउनु भएको छ ।’
थापाको उम्मेदवारीले मधेसमा कांग्रेसलाई बल मिलेको उनको भनाइ थियो । उनले भने, ‘मधेस कांग्रेसमय भएको छ । कांग्रेसबाहेक केही देखिँदैन् ।’ प्रतिनिधि सभाको निर्वाचनमा मधेसका अधिकांश सिट जित्ने उनको दाबी थियो ।
यादवले भने, ‘मधेसका ३२ मध्ये ३१ सिट जितिरहेका छौँ । एक सिट छोडेका छौँ ।’