शनिवार, कार्तिक ८ गते २०८३

संखुवासभामा एकै परिवारका ६ जनाको हत्या, के थियो कारण ?

सोमवार , भाद्र २१, २०७८

काठमाडौं। संखुवासभामा एकै परिवारका ६ जनाको हत्या भएको अवस्थामा शब फेला परेको छ। जिल्लाको मादी नगरपालिका-१ खोला गाउँका तेजबहादुर कार्कीको परिवारलाई धारिलो हतियार प्रयोग गरी हत्या गरेको अवस्थामा शब फेला पारिएको प्रहरीले जनाएको छ। 

सोमबार बिहान छिमेकीले सबैलाई मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख डिएसपी लालध्वज सुवेदी बताए। सुवेदीका अनुसार हत्या भएकाहरुमा ५८ वर्षीय तेजबहादुरकी आमा पार्वता कार्की, श्रीमती मनमाया कार्की, बुहारी रञ्जना कार्की, नाति दिपक कार्की र नातिनी गोमा कार्की छन् उनिहरुको धारिलो हतियार प्रहर गरी हत्या गरिएको छ। घटनाबारे अनुसन्धानका लागी टोली खटिएको र यसबारे वीस्तृत विवरण आउन बाँकी रहेको डिएसपी सुवेदीले बताए।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार