आइतवार, श्रावण २४ गते २०८३

तस्बिरमा हेर्नुहोस् यसरी मनाइयो टुँडिखेलमा ७६ औं प्रजातन्त्र दिवस

बिहिवार , फाल्गुण ७, २०८२

काठमाडौं । आज विशेष समारोहको आयोजना गरेर टुँडिखेलमा प्रजातन्त्र दिवस मनाइएको छ ।

Prajatantra-diwas_-122-1536x1024.jpg

राष्ट्रिय प्रजातन्त्र दिवस मूल समारोह समितिद्धारा आयोजित कार्यक्रममा झाँकी, मार्च पास, नृत्य र साङ्गीतिक धुन प्रस्तुत गरिएको थियो । बिहीबार बिहान सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसहित सरकारी उच्च पदस्थ व्यक्तिको उपस्थितिमा दिवस मनाइएको हो । राष्ट्रपति पौडेल प्रथम महिला सबिता पौडेलसहित समारोहमा सरिक भएका हुन ।

Prajatantra-diwas_-123-1536x1023.jpg

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रीहरु, नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रमुख एवम् प्रतिनिधि, उच्चपदस्थ सरकारी कर्मचारी र समाजका विभिन्न क्षेत्रका प्रतिष्ठितव्यक्तिहरुको सहभागिता रहेको थियो ।

Prajatantra-diwas_-133-768x512.jpg

समारोहमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र नेपाल स्काउटद्वारा ‘मार्चपास’ र ‘ब्याण्ड’ प्रस्तुत गरिएको थियो । आयोजित समारोहमा सेनाले उनको सम्मानमा सलामी अर्पण गरेको थियो । दिवसका अवसरमा आज सार्वजनिक बिदा दिइएको छ ।

Prajatantra-diwas_-140-768x512.jpg

२००७ सालको क्रान्तिपछि १०४ वर्ष लामो निरंकूश राणाशासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाइँदै आइएको छ ।

Prajatantra-diwas_-124-scaled.jpg

Prajatantra-diwas_-121-1536x1024.jpg

प्रतिक्रिया
सम्बन्धित समाचार