आइतवार, श्रावण २४ गते २०८३

काठमाडौँमा छिटपुट वर्षा, आज दिनभर कस्तो होला मौसम?

शुक्रवार , फाल्गुण ८, २०८२

काठमाडौँ ।  काठमाडौँ उपत्यकामा आज बिहान छिटपुट पानी परेको छ।  मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीका अनुसार बिहान उपत्यकाका कतैकतै छिटपुट पानी परेको हो। 

‘बिहान ५ बजेदेखि ७ बजेभित्र काठमाडौँ उपत्यकाका कतै कतै छिटपुट पानी परेको हो, मापन गर्न पनि नमिल्ने किसिमको’, उनले भने, ‘अहिले त्यो पनि बन्द भइसकेको छ।’ 

मौसमविद् पुडासैनीका अनुसार दिउँसो काठमाडौँ उपत्यकामा पानी पर्ने सम्भावना देखिएको छैन। 

 

प्रतिक्रिया
सम्बन्धित समाचार