आइतवार, आश्विन २५ गते २०८३

सुदूरपश्चिममा ओली पक्षका थप एक सांसदले रोजिन् एकीकृत समाजवादी

सोमवार , भाद्र २१, २०७८

काठमाडौं। सुदूरपश्चिममा एमालेका थप एक सांसदले एकीकृत समाजवादी रोजेका छन्। नेकपा एमालेकी प्रदेशसभा सदस्य माया तामाङ बोहराले पनि एकीकृत समाजवादी रोजेकी हुन्। 

सोमबार दिउँसो धनगढीस्थित निर्वाचन आयोगको प्रादेशिक कार्यालयमा पुगेर उनले एकीकृत समाजवादी पार्टीमा सनाखत गरिन्। यसअघि उनि एमालेमा अध्यक्ष केपी शर्मा ओली पक्षमा खुल्दै आएकी थिइन्। बोहोरासंगै सुदुपश्चिममा एमालेका १४ जनाले एकीकृत समाजवादी पार्टी रोजेका छन्।  

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार