काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पस भवनको छतबाट शनिबार यक युवक हाम फालेका छन् । छतबाट हाम फालेका २३ वर्षीय उत्तम कार्कीको उपचारका क्रममा निधन भएको छ ।
उनी बीएचएम प्रवेश परीक्षा दिन गएका थिए । छतबाट हाम फालेपछि उनलाई उपचारका लागि धनगढीको माया मेट्रो अस्पताल लगिएको थियो । उपचारकै क्रममा निधन भएको हो ।
परिवारलाई उधृत गर्दै प्रहरीले जनाए अनुसार कार्कीमा मानसिक स्वास्थ्य समस्या थियो । उनले नियमित औषधि सेवन गर्दै आएको पनि परिवारले जनाएको छ ।