आइतवार, श्रावण २४ गते २०८३

विषालु च्याउले पतीको ज्यान लियो, पत्नी गम्भिर घाइते

मंगलवार , श्रावण १९, २०८३

बाजुरा । विषालु च्याउने बाजुरा जिल्लामा एक युवकको ज्यान गएको छ । सोही च्याउ खाँदा उनकी श्रीमती गम्भिर घाइते भएकी छन् । बडिमालिका नगरपालिका – ७ धम्कने निवासी ५१ वर्षीय रामे थापाको विषालु च्याउको तरकारी खाँदा मृत्यु भएको प्रहरीले जनाएको छ। 

 उनकी करिब ५० वर्षीया श्रीमती नाम्सरी थापा गम्भीर बिरामी परेकी छन्। च्याउको तरकारी खाएपछि सिकिस्त भएका उनीहरूलाई राति १०स्२० बजे उपचारका लागि जिल्ला अस्पताल मार्तडी पुर्‍याइएको थियो। 

चिकित्सकले परीक्षण गर्ने क्रममा राति १०स्४० बजे रामे थापालाई मृत घोषणा गरेका हुन्। 

गम्भीर बिरामी रहेकी नाम्सरी थापाको सोही अस्पतालमा उपचार भइरहेको छ। घटनाबारे थप अनुसन्धान समेत भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार