बिहिवार, आश्विन १५ गते २०८३

एकैदिन ५ हजार ७ सयले बढ्यो सुनको भाउ

आइतवार , फाल्गुण १०, २०८२

काठमाडौँ । आइतबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । यसदिन सुनको भाउ तोलामा ५ हजार ७ सय रुपैयाँले बढेको हो ।

शुक्रबार ३ लाख ४ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आज ३ लाख १० हजार ३ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी तोलामा ३७५ रुपैयाँले बढेर ५४२५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार