आइतवार, श्रावण २४ गते २०८३

कविता: 'मलाइ फर्किन मन छ'

बिहिवार , आषाढ २४, २०७८

हर्क समर, टिकापुर।

मलाइ फर्किन मन छ ।

म जन्मिएको ठाउँ

म हुर्किएको ठाउँ

मैले ताते ताते गर्दै हिड्न सिकेको ठाउँ

रामे, मंगले, गंगा, भुन्टी, कोकिलासंग लुकामारी खेलेको ठाउँ

गाई चराउन जाँदा

घरकुटी खेल्दा

गंगासंग प्रेम गरेको ठाउँ

गंगालाइ वेहुली बनाएको ठाउँ

मलाइ फर्किन मन छ

म जन्मिएको ठाउँ ।।

मलाइ फर्किन म छ

बाह्र वण्ड, अठार खण्ड भएको ठाउँ

जहा मेरा बालापन महत्वपूर्ण दिनहरु बिते

जहा मैले कखराको सट्टा

डोको नाम्लो बुन्न सिके

डाँफे,मुनाल,झालर र मृगलाइ चिन्न सिके

ती पाखा,पखेरा र पहरामा हिड्न सिके

हो मलाइ त्यहि गाउँ फर्किन मन छ 

म जन्मिएको ठाउँ फर्किन मन छ ।।

'मलाइ निदाउन मन छ'

लिस्से, ताउने, गाग्रे,बन्ड झै

मलाइ कलकल बग्न मन छ सेरी झै ।।

'मलाइ फुल्न मन छ'  

चिमाली र गुराँस झै

मलाइ नाच्न मन छ

डाँफे र मुनालझै।।

'मलाइ गित गाउन मन छ'

न्याउली झै

मलाइ वास्ना छर्न मन छ

प्याउली झै ।।

'मलाइ फर्किन मन छ'

म जन्मिएको ठाउँ ।।

 

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार