बिहिवार, आश्विन १५ गते २०८३

आज पनि बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

सोमवार , फाल्गुण ११, २०८२

काठमाडौँ । नेपाली बजारमा आज  पनि सुनचाँदीको मूल्य बढेको छ। 

आइतबार प्रतितोला पाँच हजार ६ सय रूपैयाँ र सोमबार तीन हजार दुई सय गरी यो दुई दिनमा सुनको भाउ प्रतितोला आठ हजार आठ सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख १३ हजार पाँच सय रूपैयाँ पुगेको छ।  आइतबार सुन प्रतितोला तीन लाख १० हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो। 

यस्तै, सोमबार चाँदीको मूल्य पनि बढेको छ। आइतबार तोलामा पाँच हजार चार सय २५ रूपैयाँमा कारोबार भएको चाँदी सोमबार पाँच हजार पाँच सय ९५ रूपैयाँमा कारोबार भइरहेको छ। 

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय ७० रूपैयाँ बढेको हो। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस पाँच हजार एक सय ६१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार