काठमाडौं। नेकपा एमालेका अध्यक्ष एंव पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले दार्चुला घटनाबारे सरकारले भारतसामु कुनै प्रतिक्रिया नजनाएको भन्दै आक्रोस पोखेका छन्। ओलीले आफ्ना नागरिक तुइनबाट खसालिँदा पनि सरकार चुइक्क बोल्न नसकेको बताएका छन्।
युवा संघले सोमबार राजधानीमा गरेको कार्यक्रममा ओलीले तुइनबाट खसालेको भनेर प्रतिवेदन आउँदा पनि सरकारले केही बोल्न नसकेको बताए । भारतले यसबारे थाहा छैन भनेको भन्दै उनले अघि भने, ‘यो सरकारले थाहा दिन सक्दैन ?’ भन्ने प्रश्न गरे।
सडकमा आएका युवाहरुलाई लाठी बर्साउने सरकारले भारतसँग चुइक्क नबोलेको भन्दै उनले भने, ‘यसलाई भन्छ, घरको बाघ, वनको स्याल ।’ दार्चुलामा भारतिय सिमा सुरक्षा बल एसएसबीले तुइनको डोरी काटीदिँदा नेपाली युवा महाकालीमा वेपत्ता भएको एक महिना भैसक्यो। घटना छालविन गर्न बनेको समितीले एसएसबीले डोरी फुस्काएकै कारण नेपाली युवा जयसिंह धामी वेपत्ता भएको भनि प्रतिवेदन बुझाएको छ।
तर सरकारले भने यस विषयमा भारतसंग हालसम्म औपचारिक कुरा राखेको छैन। बरु घटनाको विरोधमा गरिएको प्रदर्शनप्रति आपत्ति जनाउँदै त्यसो नगर्न चेतावनी दिएको छ। यसकै विरोधमा आज विद्यार्थीहरुले गृहमन्त्रीको समेत पुत्ला दहन गरेका छन्।