काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख १४ हजार ८ सयमा कारोबार भइरहेको छ । हिजो सुन प्रतितोला ३ लाख १३ हजार ५ सयमा कारोबार भएको थियो । जस अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार ३ सयले बढेको हो ।
त्यस्तै, चाँदीको मूल्य भने आज घटेको छ । आज चाँदी मूल्य प्रतितोला ५ हजार ५ सय ८५ मा कारोबार भइरहेको छ । हिजो चाँदी प्रतितोला ५ हजार ५ सय ९५ रुपयाँमा कारोबार चएको थियो ।
महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारको मूल्यका आधारमा दैनिक रूपमा सुनचाँदीको मूल्य निर्धारण हुँदै आएको छ ।