बुधवार, आश्विन १४ गते २०८३

एमाले अध्यक्ष ओली आज दिनभर कमल गाउँपालिकामा

बिहिवार , फाल्गुण १४, २०८२

दमक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज झापाको कमल गाउँपालिका अन्र्तगतका बिभिन्न स्थानमा पुगेर मतदातासँग भेटघाट कार्यक्रम गर्ने भएका छन् । 

झापा निर्वाचन क्षेत्र नम्बर ५ को नेकपा एमाले निर्वाचन परिचालन समितिका संयोजक देवेन्द्र दाहालका अनुसार बिहीवार दिनभरी कमल गापा अन्र्तगतका बिभिन्न आठ स्थानमा पुगेर भेटघाट गर्ने कार्यक्रम तय भएको छ । 

बिहान ११ बजे कमल ५ को सिम्ले स्थित सिरिजङ्गा चौकमा स्थानीयसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । त्यस्तै साढे १२ बजे सोही वडाको झारबारी स्थित राधाकृष्ण मन्दिरमा पुगेर स्थानीयसँग भेटघाट गर्नुहुने छ । 

यहाँको कार्यक्रम सम्पन्न गरे लगत्तै साढे १ बजे कमल ३ सानो केर्खामा भेटघाट कार्यक्रम तय भएको छ । साढे २ बजे कमल ४ को भलायोडाँडामा मतदातासँग भेटघाट कार्यक्रम रहेको जनाइएको छ । यहाँको भेटघाट सकिए लगत्तै साढे ३ बजे कमल २ को भुत्लुङमा अध्यक्ष अ‍ोलीले स्थानीयसँग प्रत्यक्ष भेटघाट कार्यक्रम छ । 

पार्टीको स्थानीय वडा कमिटीले भेटघाट आयोजना गरिए अनुसार निम्न स्थानमा भेटघाट गरि सुझाव र समस्याका बिषयमा छलफल गरिने जनाइएको छ । यहाँको भेटघाट सकिए लगत्तै सोही वडाको जीवन चौकमा ४ वजे भेटघाट गर्ने कार्यक्रम तय भएको  छ ।

अपरान्ह्र साढे ४ बजे कमल ४ र ६ मा पर्ने नयाँ बस्तिका बासिन्दा सँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । यसरी नै सोही दिन साँझ ५ बजे कमल ५ को रत्नपुर टोलमा मंलगबारेमा पुगेर मतदातासँग भेटघाट कार्यक्रम सम्पन्न गरिने भएको छ । भेटघाटको क्रममा स्थानीयले राखेका समस्या र सुझावका बिषयलाई लिएर बाँकी बिकास निर्माण कामको योजना बनाइने छ ।

अध्यक्ष ओलीले पनि जनतासँग प्रत्यक्ष टोलटोलमा पुगेर त्यस स्थानका समस्या सुनेर समाधानको योजना निर्माण गरिने रणनीतिको रुपमा लिनेछन् । ओलीले कार्यक्रममा स्थानीय बालबालिका, महिला, बृद्धबद्धालाई प्राथमिकता दिने गरेका छन् । बुधबारमात्र ओलीले यही निर्वाचन क्षेत्र अन्र्तगतको गौरीगञ्ज गापाको ११ स्थानमा पुगेर भेटघाट सम्पन्न गरेका थिए ।

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार