काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन प्रचारप्रसारको लागि टिकटक प्रतियोगिताको आयोजना गरेको छ ।
आयोगले निर्वाचन प्रचारप्रसार, मतदाता शिक्षा, आचारसंहिता कार्यान्वयन लगायतका विषयमा आधारित भएर एक मिनेट अवधिको टिकटक भिडियो बनाएर आफ्नो टिकटक, फेसबुक र युट्युब च्यानलमा राख्न अनुरोध गरेको छ ।
उत्कृष्ट तीन वटा भिडियोलाई जनही ५० हजार, ३० हजार र २० हजार रुपैंयाको दरले पुरस्कृत गरी प्रमाणपत्र समेत प्रदान गरिने आयोगले जनाएको छ ।
आयोगका अनुसार सबैभन्दा धेरै भ्युअर्स भएका भिडियोलाई पुरस्कृत गरिनेछ ।
आफूले बनाएको भिडियो फागुन १७ गतेभित्र आयोगको इमेल ठेगामा पठाउनुपर्ने आयोगले जनाएको छ ।