काठमाडौं। एकदिवसीय खेलमा डेब्यू गरेका नेपाली टिमका बलर विक्रम शोवले आफ्नो पहिलो बलमै विकेट लिएका छन्। पपुवा न्युगिनी (पिएनजी) विरुद्ध भइरहेको खेलमा शोवले आफ्नो पहिलो स्पेलको पहिलो बलमै विकेट लिएका हुन्।
ओमानमा भइरहेको खेलमा शोवले दोस्रो ओभरको पहिलो बलमा पिएनजीका टोनी उरालाई बोल्ड गरेका हुन्। सो ओभरमा शोवले मेडन विकेट राख्न सफल भए। खेलमा शोवसँगै ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले पनि डेब्यू गरेका छन्। ओमानको अमेरात मैदानमा सुरू भएको खेलमा टस हारेको नेपालले पहिले बलिङ गरिरहेको छ।
नेपालले आइसिसी विश्वकप लिग–२ को त्रिकोणात्मक सिरिजअघि पिएनजीसँग एकदिवसीय खेल खेल्न लागेको हो। तीन दिनपछि नेपालले पिएनजीसँग दोस्रो एकदिवसीय खेल खेल्नेछ।