काठमाडौं। यसअघि राजधानी कब्जा गर्दा तालिबानको पहुँच बाहिर रहेको अफगानिस्तानको एक मात्र प्रान्त पञ्जशिर उपत्यका आफ्नो नियन्त्रणमा लिएको तालिबानले घाषणा गरेको बीबीसीले जनाएको छ।
तालिबानले आफुले नियन्त्रणमा लिएको दाबी गरेको पञ्जशिर उपत्यकामा पुर्ण रुपमा आफ्नो नियन्त्रणमा आइसकेको भन्दै पञ्जशिरका लागी भएको भिडन्तमा आफुबिजयी भएको घोषणा गरेको हो। तालिबानले पन्जशिरमा झण्डा फहराएको भिडिओ सार्बजनिक गरेको छ।
३ हप्ता अघि आफगानिस्तानको सत्ता हत्याएको तालिबानको प्रतिरोध हुँदै आएको उक्त प्रान्त तालिबानको शासनभन्दा बाहिर थियो। तालिबानको प्रतिरोध गरिरहेको समूहले भने आफूहरू ’’सबै रणनीतिक स्थानमा’’ उपस्थित रहेको बताउँदै ’’लडाइँ जारी राख्ने’’ जनाएको छ। उक्त समूहका नेताले तालिबानविरुद्ध ’’देशैभरि विद्रोह’’को आह्वान समेत गरेका छन्।