काठमाडौँ। प्रतिनिधि सभा सदस्य निर्वाचनमा मतदाताले ६ वटा सरकारी कागजपत्रले भोट हाल्न पाउने भएका छ ।
निर्वाचन आयोगले मतदानको दिनमा विभिन्न ६ वटा सरकारी कागजपत्र मध्ये एउटा जुुनुकै कागजपत्र देखाएर भोट हाल्ने व्यवस्था गरेको हो ।
६ वटा कागजात मध्ये कुनै एक कागजात देखाएर मतदाताले मतदान गर्न सक्ने आयोगले जनाएको छ ।
मतदाता परिचयपत्र, नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी,जग्गाधनी प्रमाणपूर्जा र सवारी चालक अनुमतिपत्र मध्ये एउटा देखाएर भोट हाल्न सक्ने व्यवस्था गरिएको छ ।