आइतवार, आश्विन २५ गते २०८३

डडेल्धुरामा एक वडा सभापतिले गरे कांग्रेसको किरिया, यस्तो छ कारण!

मंगलवार , भाद्र २२, २०७८

काठमाडौं। डडेल्धुरामा कांग्रेसका एक वडा सभापतिले नेपाली कांग्रेसको किरिया गरेका छन्। अमरगढी नगरपालिका वडा नम्बर ९ का सभापति नरबहादुर पालले सोमबार आफ्नो कपाल खौरी पार्टीको किरिया गरेका हुन्।  उनले आफूले पार्टीमा दिएको योगदानको कदर नगरी आफ्नो क्रियाशील सदस्यता खारेज गरिएको भन्दै यसरी आक्रोस पोखेका हुन्।

उनले आफ्नो कपाल खौरेको फोटो सामाजिक सञ्जाल फेसबुकमा राखेर लेखेका छन्, ‘नेपाली कांग्रेसको किरियाको मेरो पहिलो दिन।’ आइतबार मात्रै सार्वजनिक गरिएको नेपाली कांग्रेसको क्रियाशील सदस्यता सूचिबारे जिल्लामा असन्तुष्टी देखिएको छ। जिल्लाबाट ४ तहबाट प्रमाणित गरेर सिफारिस गरेको नाममा व्यापक हेरफेर भएको भन्दै जिल्ला कार्य समितिले आपत्ति जनाएको छ। 

कार्यसमितिले २ हजार ५ सय ६ नयाँ सदस्य तथा नविकरणका लागि पुराना सदस्यको नाम गरेर ५ हजार ८ सय ४ जनाको नामावली सिफारिस गरेकोमा ४६० जनाको नाम छानविन समितिले हटाएर पठाएको नेपाली कांग्रेसका कार्यालय सचिव राम विष्टले जानकारी दिए। 

साथै सिफारिसै नगरेका ३१२ नयाँ सदस्यहरुको नाम माथिबाटै राखिएको छ। नेपाली कांग्रेसको वडा अधिवेशन चलिरहेको छ। तर कतिपय जिल्लामा भने क्रियाशिल सदस्यता विवाद नमिल्दा वडा अधिवेशन हुन सकेको छैन।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार