काठमाडौं। नेकपा माओवादी केन्द्रको सहायक संगठन योङ कम्युनिष्ट लिग नेपाल वाईसीएलको संयोजकमा सुमन देवकोटा चयन भएका छन्। वाईसीएलको पहिलो बैठकले देवकोटालाई सांयोजकमा चयन गरेको हो। त्यस्तै वाइसीएलको सह–संयोजक सुबोधराज शेर्पाली बनेका छन्।
मंगलबार अनुपम पार्टी प्यालेसमा बसेको केन्द्रीय समिति बैठकले संयोजकमा देवकोटा र सह-संयोजकमा शेर्पालीलाई जिम्मेवारी दिएको हो । बैठकले हालको केन्द्रीय समितिलाई तेस्रो राष्ट्रिय सम्मेलन आयोजक समितिमा रुपान्तरण गरेको छ । यसअघी वाइसीएलको संयोजक विनै कमिटी घोषणा गरिएको थियो।