काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले पितृशोकमा रहेका नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीप्रति समवेदना प्रकट गरेका छन् । यादवले ओली निवास भक्तपुरको गुण्डु पुगेर समवेदना व्यक्त गरेका हुन् ।
ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन भएको थियो । यसअघि राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री सुशीला कार्की लगायतले पनि ओलीको निधनमा समवेदना प्रकट गरेका थिए ।