काठमाडौं । काठमाडौं महानगरपालिकाले टुंडिखेल चउर (सैनिक मञ्चको दक्षिण भाग) मा घाँसे मैदान बनाउने भएको छ । चैत ८ गतेबाट निर्माण कार्य सुरु हुने पनि महानगरपालिकाले जनाएको छ ।
महानगरपालिकाले बुधबार सुचना जारी गरेर घाँसे मैदान निर्माणको क्रममा उक्त स्थानमा सञ्चालन तथा आयोजना हुने चाडपर्व, खेलकुद गतिविधि, सभा–समारोह लगायतका कार्यक्रमहरू अवरूद्ध हुने जनाएको छ ।
साथै, निर्माण कार्य सम्पन्न नहुँदा सम्मका लागि उक्त स्थानमा हुने सभा, समारोह तथा खेलकुद कार्यक्रमहरूका लागि वैकल्पिक व्यवस्था गर्न महानगरपालिकाले सरोकारवाला सबैर्लाइ अनुरोध पनि गरेको छ ।
महानगरपालिकाको आ.व. २०८२÷८३ को स्वीकृत बजेट तथा कार्यक्रम अन्तर्गत घाँसे मैदान बनाउन लागिएको हो ।