बुधवार, आश्विन १४ गते २०८३

समानुपातिकका सांसदलाई प्रमाणपत्र वितरण विहिबार

बुधवार , चैत्र ४, २०८२

काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधि सभामा निर्वाचित सांसदलाई निर्वाचन आयोगले विहिबार प्रमाणपत्र वितरण गर्ने भएको छ । आयोगका अनुसार विहिबार साढे ११ बजे प्रमाणपत्र वितरण गरिनेछ । 

प्रमाणपत्र वितरण कार्यक्रम आयोगको केन्द्रीय कार्यालय परिसरमा आयोजना गरिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ बाट समानुपातिक तर्फका एक सय १० सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीले ५७ सिट पाएको छ । 

दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसले २० सिट, तेस्रो स्थानमा रहेको नेकपा (एमाले) ले १९, चौथो स्थानमा रहेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले १६ सिट, श्रम संस्कृति पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले चार चार सिट पाएको छ ।

प्रतिनिधि सभा सदस्य निर्वाचनमा ६ वटा दल राष्ट्रिय पार्टी बनेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार