काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पदबाट राजीनामा दिएका छन् । सभापति थापाले उपसभापति विश्वप्रकाश शर्मासमक्ष बुधबार राजीनामा बुझाएको कांग्रेस स्रोतले जानकारी दिएको छ ।
सभापति थापाले चुनावी पराजयको जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका हुन् । फागुन २१ गते भएको प्रतिनिधिसभा चुनावमा सभापति थापा सर्लाही ४ बाट पराजित भएका थिए । सभापति थापासहित चुनाव उठेका सबै पदाधिकारी पराजित भएका थिए ।
विशेष महाधिवेशन गरेको छोटो समयमा नै कांग्रेस चुनावमा भाग लिएको थियो । उनले दिएको राजीनामा दिएको पत्र पनि सार्वजनिक भएको छैन। शुक्रबारको केन्द्रीय समितिले स्वीकृत गर्ने वा नगर्ने भन्ने विषयमा छलफल र निर्णय गर्नेछ ।
कांग्रेसले चुनावी समीक्षा गर्न शुक्रबार दिउँसो १ बजेका लागि केन्द्रीय समिति बैठक बोलाएको छ । उक्त बैठकको अध्यक्षता भने उप सभापति विश्वप्रकाश शर्माले गर्ने कांग्रेसले बताएको छ ।