काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधि सभामा निर्वाचित सांसदलाई निर्वाचन आयोगले विहिबार प्रमाणपत्र वितरण गरिएको छ । प्रमाणपत्र ग्रहणको लागि विभिन्न दलबाट निर्वाचन सांसदहरु आयोगको कार्यालय पुगेका थिए ।
कार्यवाह प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, निर्वाच्न आयुक्तहरु तथा आयोगका सचिव कृष्णबहादुर राउत लगायतले संयुक्त रुपमा खादा तथा माला लगाएर प्रमाणपत्र वितरण गरे ।
आयोगमा अहिले पनि प्रमाणपत्र वितरण कार्यक्रम जारी रहेको छ ।
प्रमाणपत्र वितरण कार्यक्रम आयोगको केन्द्रीय कार्यालय परिसरमा आयोजना गरिएको हो । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ बाट समानुपातिक तर्फका एक सय १० सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीले ५७ सिट पाएको छ ।
दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसले २० सिट, तेस्रो स्थानमा रहेको नेकपा (एमाले) ले १९, चौथो स्थानमा रहेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले १६ सिट, श्रम संस्कृति पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले चार चार सिट पाएको छ ।
प्रतिनिधि सभा सदस्य निर्वाचनमा ६ वटा दल राष्ट्रिय पार्टी बनेको थियो ।