काठमाडौं । संसदमा सुविधाजनक बहुमतका साथ सबै भन्दा ठूलो पार्टी बनेको राष्ट्रिय स्वतन्त्र पार्टी सरकार गठनबारे गम्भिर छलफलमा जुटेको छ । विहिबार साँझमात्रै उक्त पार्टीका चार शिर्ष नेताहरुले यसबारेमा छलफल गरेका छन् ।
बिहिबार उक्त पार्टीका अध्यक्ष रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र साह (बालेन) र उपसभापतिद्धय डा. स्वर्णिम वाग्ले र डिपी अर्यालबीच काठमाडौंको एक होटलमा छलफल भएको छ । छलफलमा सरकार गठन तथा सम्भावित मन्त्रीका नामका विषयमा छलफल भएको रास्वपा स्रोतले जनाएको छ ।
उक्त छलफलको तस्बिर सार्वजनिक गर्दै उपसभापति वाग्लेले लेखेका छन्, राजकाज! आज साँझको छलफल ।