बुधवार, आश्विन १४ गते २०८३
ब्रेकिङ

नयाँ प्रधानमन्त्रीको शपथ चैत १३ गते

बिहिवार , चैत्र ५, २०८२

काठमाडौं । नयाँ प्रधानमन्त्रीको शपथ चैत १३ गते हुने भएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले १८२ सिटमा जित हात पार्दै बहुमत प्राप्त गरेको छ ।

रास्वपाले निर्वाचनअघि नै वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको थियो । रास्वपाले शाहकै नेतृत्वमा सरकार गठनको तयारी गरिरहेको छ । 

योसँगै रास्वपा वरिष्ठ नेता बालेन्द्र शाहको चैत १३ गते प्रधानमन्त्री पदको शपथ ग्रहण कार्यक्रम निश्चित भएको छ । सरकार गठनका विषयमा राजधानीको रोयल सिंगी होटलमा रास्वपा नेताहरूले छलफल गरेका छन् ।

छलफलपछि सांसदको शपथ लिएलगत्तै प्रधानमन्त्रीले शपथ ग्रहण लिने टुङ्गो लागेको हो । ‘आउँदो चैत १३ गते प्रधानमन्त्रीले शपथ ग्रहण गर्नुहुनेछ’, रास्वपाका एक शीर्ष नेताले सेतोपाटीलाई भने । 

संघीय संसद सचिवालयले चैत १२ गते २ बजे सांसदहरूको शपथ ग्रहण कार्यक्रम राखेको छ। त्यसलगत्तै सरकार गठन गर्ने रास्वपाले निर्णय गरेको हो। 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार