बुधवार, आश्विन १४ गते २०८३

ईदको शुभकामना दिँदै बालेनले भने– देश अघि बढाउन सद्भाव, सहिष्णुता र सहकार्य आवश्यक छ

शनिवार , चैत्र ७, २०८२

काठमाडौं । भावी प्रधानमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले धर्म, संस्कृति र विविधताको सम्मान गर्नुपर्ने बताएका छन् ।

इदको अवसरमा शनिबार शुभकामना दिँदै बालेनले सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्ने समेत बताएका छन् । 

एक–अर्काप्रति सम्मान, समझदारी र एकताले समाजलाई अझ सुदृढ बनाउनेछ भन्ने कामना गर्दै बालेनले शुभकामना सन्देशमा भनेका छन्, ईदको यस पावन अवसरले भाइचारा, प्रेम र मेलमिलापको भावना अझ प्रगाढ बनाओस् । ईद मुबारक ! 

मुस्लिम धर्मालम्बीहरुले शनिबार विशेष कार्यक्रमका साथ इद मनाउँदैछन् । शनिबार भएपनि यस दिन सरकारले सार्वजनिक बिदा समेत दिएको छ । 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार