काठमाडौं। इंडोनेशियाको एक जेलमा आगलागी हुँदा ४१ जनाको मृत्यु भएको छ। अन्य कयौँ घाइते भएको बीबीसी हिन्दीले जनाएको छ। आगलागी बुधबार विहान सबै कैदीबन्दी सुतिरहेका बेला भएको समाचारमा जनाइएको छ। इडोंनेशियाको राजधानी जाकार्ताको बाहीरी क्षेत्रमा रहेको टैंगरेंग जेलमा सो दुर्घटना भएको हो।
जेलको ब्लक ‘सी’ मा आगलागी भएको हो, जँहा १२२ कैदीलाई राखिएको थियो। तर उक्त कारागारको क्षमता ४० जनाको मात्रै रहेको जनाइएको छ। सो कारागारमा ड्रगसम्वन्धि मुद्धा लागेका कैदीलाई त्यँहा राखिएको थियो।
आगलागीमा परि गम्भिर दर्जनौं घाइतेहरुलाई आइसीयुमा भर्ना गरिएको भनिएपनि अस्पतालको नमा खुलाइएको छैन। कारागारका प्रवक्ताले उक्त घटनाको अनुसन्धान भैरहेको जनाएका छन्।