बुधवार, आश्विन १४ गते २०८३

गौरीबहादुर कार्कीको प्रतिवेदन सार्वजनिक गर्न उज्यालो पार्टीद्धारा प्रधानमन्त्रीसँग माग

शनिवार , चैत्र ७, २०८२

काठमाडौं । उज्यालो नेपाल पार्टीले गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक गर्न प्रधानमन्त्री सुशीला कार्कीसँग माग गरेको छ ।

प्रधानमन्त्री कार्कीको नेतृत्वमा मुलुक कठिन अवस्थाबाट सुरक्षित अवतरण सम्भव भएको भन्दै बधाई ज्ञापन गर्न गएको पार्टी अध्यक्ष कुलमान घिसिङ नेतृत्वको टोलीले यस्तो माग गरेको हो  

साथै, उक्त पार्टीले प्रधानमन्त्री कार्कीसमक्ष खाडी क्षेत्रमा रहेका नेपालीहरुको सुरक्षामा ध्यान दिन पनि माग गरेको छ । घिसिङ नेतृत्वको प्रतिनिधिमण्डलले आज बालुवाटारमा भेट गरी प्रधानमन्त्री कार्कीको निष्ठा र प्रतिबद्धताका कारण नै शान्तिपूर्ण निर्वाचन सम्भव रहेको भन्दै बधाई ज्ञापन गरेको हो । 

चुनाव हुनेमा धेरैतिरबाट आशंका व्यक्त भइरहेका बेला सबैलाई विश्वासमा लिएर देशैभर एकैपटक स्वच्छ र धाँधलीरहित तरिकाले निर्वाचन सम्पन्न गराउन सक्नु चानचुने सफलता नभएको भन्दै उक्त प्रतिनिधिमण्डलले सरकारको प्रशंसा गरेको थियो । 

चुनौतीपूर्ण परिस्थितिमा पनि नेतृत्वदायी भूमिका निर्वाह गर्दै सफलतापूर्वक निर्वाचन सम्पन्न गराई मुलुकलाई राजनीतिक स्थायित्व प्रदान गर्ने गहन दायित्व पूरा गरेकोमा घिसिङले प्रधानमन्त्री कार्कीलाई धनयवाद ज्ञापन गरे । सो अवसरमा आफूले चुनाव हारे पनि देशले जितेको भन्दै घिसिङले चित्त बुझाएका थिए । 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार