काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पदबाट दिएको राजीनामा पार्टी केन्द्रीय कार्य समितिको बैठकले अस्वीकार गरेको छ ।
निर्वाचनमा पार्टी हारको नैतिक जिम्मेवारी दिँदै थापाले उप सभापति विश्वप्रकाश शर्मा समक्ष राजीनामा दिएका थिए ।
तर, आइतबार सकिएको बैठकले गगनको राजीनामा अस्वीकार गर्ने प्रस्ताव पारित गरेको हो । उपसभापति शर्माले सभापतिको राजीनामा अस्वीकार गर्ने प्रस्ताव बैठकमा पेश गरेका थिए ।
उक्त प्रस्ताव अस्वीकार भएको प्रवक्ता देवराज चालिसेले जानकारी दिएका छन् ।
‘सभापति श्री गगनकुमार थापाले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको परिणामलाई लिएर यसको नैतिक जिम्मेवारी लिँदै उपसभापति समक्ष विधानको धारा २६ (१) वमोजिम पेश गर्नुभएको राजीनामालाई केन्द्रीय कार्यसमितिको यस बैठकले सर्वसम्मत रूपमा अस्वीकृत गर्ने निर्णय गरेको छ,’ चालिसेले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।