बुधवार, आश्विन १४ गते २०८३

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै, केन्द्रीय सदस्यहरुले धारणा राख्ने

बुधवार , चैत्र ११, २०८२

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै छ । बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम जारी रहने छ ।

कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले हिजो धारणा राख्न बाँकी केन्द्रीय सदस्यहरुले आज आफ्ना धारणा राख्ने जानकारी दिए ।

मंगलबार बैठकमा पार्टी सभापति गगनकुमार थापाले आफ्नो मन्तव्य राख्दै बैठक प्रारम्भ गरेपछि महामन्त्री प्रदीप पौडेलले ११ बुँदामा बैठकका एजेण्डा प्रस्तुत गरेका थिए ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार