काठमाडौं। नेकपा एमाले संसदीय दलको बैठकले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) मुलुकको हितमा नरहेको निष्कर्ष निकालेको छ। बुधबार बसेको एमाले संसदीय दलको बैठकले यस्तो निष्कर्ष निकालेको हो।
बैठकले एमसिसीसँगै सभामुखको भूमिका एमालेविरोधी माओवादी पार्टी कार्यकर्ता जस्तो भएको र निर्वाचन आयोग समेत एमाले टुक्रयाउन उद्धत रहेको भन्दै एमालेविरुद्ध भएका पछिल्ला गतिविधिमा मूकदर्शक भएर नबस्ने निर्णय गरेको छ।
बैठकमा सांसदहरुले एमसिसीबारे पार्टीको धारणा बनाउन माग गरेपछि अध्यक्ष केपी शर्मा ओलीले एमसिसी पास गर्ने जिम्मा आफूहरूको नभएकाले अहिले धारणा बनाउन हतार गर्नु नपर्ने बताए।