शुक्रवार, आश्विन १६ गते २०८३

सवारी धनीसँग साँढे एघार हजार घुस,अधिकृतविरुद्ध मुद्दा

बिहिवार , चैत्र १२, २०८२

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मकवानपुरको हेटौंडा उपमहानगरपालिकास्थित यातायात व्यवस्था कार्यालयमा कार्यरत अधिकृत छैटौं अमृत भेटुवालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

 सवारी सरूवा सहमति गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुसरिसवत लिएको आरोपमा आयोगले भेटुवालविरुद्ध विशेष अदालत काठमाडौँमा विहिबार भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

भेटुवालले घुस मागेको भन्ने सूचना तथा निवेदनका आधारमा अख्तियार आयोगको हेटौडा कार्यालयबाट गएको टोलीले बिचौलिया खगेन्द्र पौडेल समेतलाई केही समय घ िनियन्त्रणमा लिएको थियो । 

सेवाग्राहीबाट ११ हजार ५०० रुपियाँ लिइसकेको अवस्थामा दुवै जनालाई नियन्त्रणमा लिइएको थियो । अनुसन्धानको सिलसिलामा भेटुवाल र पौडेलसमेतको मिलेमतो तथा योजनामा उक्त रकम लिएको अनुसन्धानबाट खुलेको थियो । 

आयोगले दुवै जनालाई ११ हजार पाँच सय रुपियाँ बिगो तथा भ्रष्टाचार निवारण ऐन अनुसार कारवाहीको माग गरिएको प्रवक्ता सुरेश न्यौपानले जानकारी दिए ।  

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार