काठमाडौं । नेपालबाट विदेशमा उच्च शिक्षा अध्ययन गर्न जाने विद्यार्र्थीका लागि शिक्षा तथा खेलकुद मन्त्रालयल आर्थिक बर्ष २०८२÷८३ मा १ लाख १४ हजार ९ सय २४ ओटा वैदेशिक अध्ययन अनमति पत्र जारी गरेको छ ।
नेपालबाट विदेशमा उच्च शिक्षा अध्ययन गर्न जाने विद्यार्थीले मन्त्रालयबाट वैदेशिक अध्ययन अनुमति पत्र लिनपुर्ने व्यवस्था छ ।
पछिल्ला वर्षहरुमा विदेशमा उच्च शिक्षा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च रहँदै आएको छ ।
मन्त्रालयको वैदेशिक अध्ययन अनुमति शाखाले निजी खर्च वा छात्रवृत्तिमा विदेशमा अध्ययन गर्न जाने नेपाली विद्यार्थीलाई अध्ययन अनुमति पत्र तथा विदेशी मुद्रा सटहीका लागि आवश्यक सिफारिससम्बन्धी काम गर्दै आएको छ ।
मन्त्रालयको वार्षिक प्रतिवेदन अनुसार चिकित्सा शिक्षाको स्नातक तहमा ४९८ जना स्नातकोत्तर तहमा ८२ जना फेलोसिपमा १४ जना डीएम एमसिएच मा १२ जना र पीएचडीमा १५ जना गरी कुल ६२१ जना विद्यार्थीलाई वैदेशिक अध्ययन अनुमति पत्र प्रदान गरिएको छ ।