काठमाडौं । ईनारमा खसेको गाईलाई काठमाडौं महानगरपालिकाले सकुशल उद्धार गरेको छ । काठमाडौँ महानगरपालिका वडा नम्बर १४ रविभवन माछा गेट नजिक केशिया राणाको घरमा पालेको गाई इनारमा खसेको थियो ।
करिव ५ सय किलोग्राम तौलको गाई आफ्नै घर कम्पाउण्डमा रहेको इनारमा खसेपछि महानगरपालिकामा खवर गरिएको थियो ।
त्यसपछि नगर प्रहरी नायव उपरीक्षक किशोरकुमार भट्टराईको नेतृत्वमा काठमाडौँ दमकल र नगर प्रहरी बल पश्चिम क्षेत्रको टोली उद्धारमा खटिएको थियो । उक्त गाईलाई टोलीले सकुशल उद्धार गरेको महानगरपालिकाले जनाएको छ