आइतवार, श्रावण २४ गते २०८३

२७ वडावासीको कलेज परीक्षण गर्न वीर अस्पतालसँग सम्झौता

शुक्रवार , चैत्र १३, २०८२

काठमाडौँ । वडावासीको कलेजो जाँच गर्न काठमाडौँ महानगरपालिकाको वडा नंं २७ ले वीर अस्पतालसँग सम्झौता गरेको छ ।

महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलको रोहवरमा वडाध्यक्ष योगेशकुमार खड्गी र अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. दिलिप शर्माले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।  

सम्झौता अवसरमा कार्यवाहक प्रमुख डंगोलले, सहरवासी विस्तारै नसर्ने रोगको जोखिममा पर्दै गएको अवस्थामा वडावासीका लागि वडा कार्यालय अगाडि ल्याएको कार्यक्रम प्रभावकारी रहेको बताइन् । 

धुमपान र मद्यपानको कुलतका कारण कलेजोको जोखिम बढेकोले स्वास्थ्य परीक्षणलाई प्राथमिकता दिइएको वडाध्यक्ष खड्गीले बताए । जीवनशैली र खानपानका कारण पनि कलेजोको स्वास्थ्यमा गम्भीर समस्या परेको तथ्य वडावासीलाई वुझाउन जाँच र प्रारम्भिक उपचारका लागि सहकार्य थालिएको उनले बताए । 

प्राडा. शर्माले, उपचार लाग्ने अवस्थामा रोग पहिचान गर्न सके जनस्वास्थ्यको ठुलो संकट टार्न सकिने बताए । अस्पतालमा जाँचका लागि जान वडावासीले स्वास्थ्य प्रवर्धन केन्द्रबाट रिफर हुनुपर्नेछ । अर्थात् प्रारम्भिक अवस्था केन्द्रमा जाँचिनेछ । 

रिफर भएका व्यक्तिहरुको अस्पतालमा कम्प्लिट ब्लड काउन्ट (सीबीसी), लिभर फङसन टेस्ट (एलएफटी), फास्टिङ व्लड सुगर (एफवीएस), गामा ग्लुटामाइ ट्रान्सफरेस (गामा जीटी) लगायत परीक्षण हुनेछ । यस्तै लिपिड प्रोफाइल, क्रियटीनीन, हेपाटाइटिस वी, एचआइभी, एन्टी एचसीभी र यूएसजी परीक्षण हुनेछ । 

प्रतिक्रिया
सम्बन्धित समाचार