बुधवार, आश्विन १४ गते २०८३

पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको स्वास्थ्य परीक्षण गर्ने तयारी

शनिवार , चैत्र १४, २०८२

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकको स्वास्थ्य परीक्षण गर्ने प्रक्रिया प्रहरीले अघि बढाएको छ ।

भक्तपुरको गुण्डुस्थित ओली निवास र कटुन्जेस्थित लेखक निवासबाट शनिबार बिहान प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ गरेर अहिले दुवै जनालाई जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौंमा राखिएको छ ।

अबको प्रक्रिया भने स्वास्थ्य परीक्षण हुने परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिए । ‘स्वास्थ्य परीक्षण नियमित प्रक्रिया हो’ एसपी भट्टराईले  भने ।

स्वास्थ्य परीक्षण गरेपछि अवस्था ठिक रहेको व्यहोरा आएपछि उनीहरुलाई दुबै जनालाई आज प्रहरीले हिरासत राख्न सक्नेछ । 

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार