बुधवार, आश्विन १४ गते २०८३

काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ

मंगलवार , चैत्र १७, २०८२

काठमाडौँ । काठमाडौँका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् ।अपराध अनुसन्धान कार्यालयको टोलीले मङ्गलबार बिहान सुविधानगरस्थित निवासबाट उनलाई पक्राउ गरेको हो ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक (एसपी) मनोहरप्रसाद भट्टका अनुसार पक्राउ पर्नुभएको पूर्वप्रमुख जिल्ला अधिकारी रिजाललाई हाल काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा राखिएको छ ।

थप अनुसन्धानका लागि  जिल्ला प्रहरी परिसर काठमाडौँ पठाउने तयारी भएको एसपी भट्टले जानकारी दिए। रिजाल जेनजी आन्दोलनका समयमा काठमाडौँका प्रमुख हुनुहुन्थ्यो । उहाँमाथि गत भदौमा २३–२४ गते भएको जेनसी आन्दोलनमा दमन गरेको आरोप छ ।

गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले रिजाललाई समेत कारबाही सिफारिस गरेको थियो । 

प्रतिक्रिया
सम्बन्धित समाचार